logo

  • १५ आश्विन २०८३, बिहीबार | Thu, 01 Oct 2026

  •      Listen Radio Live

    केन्द्रीय प्रतिनिधिमा प्यूठानबाट ६ जना निर्वाचित, कोटागत विवरणसहित

    केन्द्रीय प्रतिनिधिमा प्यूठानबाट ६ जना निर्वाचित, कोटागत विवरणसहित

    प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्यूठानबाट खस–आर्य, आदिवासी जनजाति र युवा कोटातर्फ ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ। २०८३ असोज १२ गते उम्मेदवारी दर्ता भएकोमा असोज १३ गते निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनको मत परिणाम असोज १४ गते सार्वजनिक गरिएको हो।

    खस–आर्यतर्फ भएको निर्वाचनमा धनेश्वर भण्डारी ५२० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। त्यस्तै सुवास केसीले ३६८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। यसतर्फ उम्मेदवार रहनुभएका मेघराज पुरीले ३४७, प्रकाश वलीले २८२ र वीरेन्द्र थापाले १६२ मत प्राप्त गर्नुभएको छ।

    त्यसैगरी आदिवासी जनजातितर्फ सनत श्रेष्ठले ५१३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। चन्द्रबहादुर घर्ति मगरले ४९४ मत प्राप्त गरी उहाँसँगै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो। यसतर्फ गिरबहादुर घर्तीले ३७७ र जगबहादुर पुन मगरले २९६ मत प्राप्त गर्नुभएको छ।

    युवा कोटातर्फ भने कल्याण विक्रम केसी ५९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। त्यस्तै कुमार आचार्यले ५४२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिको यात्रा तय गर्नुभएको हो। युवा कोटामा उम्मेदवार रहनुभएका विजय रिजालले ३२८ र उन्नत पौडेलले १९२ मत प्राप्त गर्नुभएको छ।

    यसरी प्यूठानबाट खस–आर्यतर्फ धनेश्वर भण्डारी र सुवास केसी, आदिवासी जनजातितर्फ चन्द्रबहादुर घर्ती मगर र सनत श्रेष्ठ तथा युवा कोटातर्फ कल्याण विक्रम केसी र कुमार आचार्य गरी ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो।

    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। प्यूठानबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले उक्त महाधिवेशनमा जिल्लाको प्रतिनिधित्व गर्नुहुनेछ।



    mandavionline mandavionline    
  • १५ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP