प्यूठान । नेपाल प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी चयन हुनुभएको छ। शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विमलप्रसाद पोख्रेल, महिला उपाध्यक्षमा शुसिला बुढा, सचिवमा सागर रिजाल, कोषाध्यक्षमा प्रमोद ओली र सहसचिवमा बिन्दु परियार चयन हुनुभएको छ।
कार्यसमिति सदस्यमा भीमकला कवर, रेखा खत्री, झइन्द्र भण्डारी, राजन केसी र विशाल विश्वकर्मा चयन हुनुभएको छ।
अधिवेशनले प्रदेश परिषद् सदस्यमा राजेश जिसी, बिन्दु परियार, विष्णुप्रसाद न्यौपाने, टुकमान रोका क्षेत्री र रविन विकलाई चयन गरेको छ।
त्यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा श्रीराम भण्डारी, मधुसुदन भण्डारी, शम्सेर विक्रम जिसी, जोगेन्द्रबहादुर मल्ल, नर्मदा भट्ट र केसब श्रेष्ठ चयन हुनुभएको छ।
प्रतिक्रिया