logo

  • ११ भाद्र २०८३, बिहीबार | Thu, 27 Aug 2026

  •      Listen Radio Live

    रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन, खोजीकार्य जारी

    रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन, खोजीकार्य जारी

    प्युठान। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना व्यक्ति परिवारको सम्पर्कमा नआएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवामा रहेका व्यक्तिहरू सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आएको हो।

    उहाँका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको छ। सम्पर्कविहीन भनिएका केही व्यक्ति भने यसबीचमा परिवारको सम्पर्कमा आइसकेका छन्।

    निजी तथा सरकारी कामलगायत विभिन्न प्रयोजनका लागि रसुवा पुगेका लुम्बिनी प्रदेशका नागरिकहरू बाढी तथा पहिरोपछि परिवारसँग सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ।

    सम्पर्क विहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे थप जानकारी संकलन गर्ने कार्य भइरहेको प्रदेश प्रहरीले जनाएको छ।



    mandavionline mandavionline    
  • ११ भाद्र २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP