logo

  • ३० श्रावण २०८३, शनिबार | Sat, 15 Aug 2026

  •      Listen Radio Live

    प्युठानका विभिन्न स्थानमा चार बेवारिसे शव फेला

    प्युठानका विभिन्न स्थानमा चार बेवारिसे शव फेला

    प्यूठान । प्यूठानको माडी र लुङ्ग्री खोलाको किनारमा चार जनाको बेवारिसे शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा नाम, थर र वतन नखुलेका करिब १२/१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा पुरुषको तथा वडा नं. ४ गोठीबाङस्थित माडी खोलाको किनारमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

    यसैगरी, बिहान करिब साढे ९ बजे स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा समेत नाम, थर र वतन नखुलेकी महिलाको शव फेला परेको छ।

    शव फेला परेको जानकारीपछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

     

    तस्बिर : ए आई निर्मित



    mandavionline mandavionline    
  • २८ श्रावण २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP