logo

  • १६ श्रावण २०८३, शनिबार | Sat, 01 Aug 2026

  •      Listen Radio Live

    ‘स्रष्टाको आँखामा प्यूठान’ पुस्तक विमोचन

    ‘स्रष्टाको आँखामा प्यूठान’ पुस्तक विमोचन

    प्यूठान । ‘स्रष्टाको आँखामा प्यूठान’ पुस्तक विमोचन गरिएको छ ।

    ओखरकोट पर्यटन एवं ग्रामीण विकास समिति, प्यूठानले शनिबार बाग्दुलामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको विमोचन गरेको हो । पुस्तक विमोचन कार्यक्रममा जिल्ला विकास समिति प्यूठानका पूर्व अध्यक्ष बोमबहादुर खत्रीले पुस्तकले प्यूठानको सम्भावना उजागर गरेको बताउनुभयो । जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार बन्न नसकिरहेको उहाँले बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई स्वर्गद्वारीसम्म ल्याउन सकेमा जिल्लाको विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले जिल्लामा आउने पर्यटकलाई बस्नका लागि होमस्टेको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले यस पुस्तकलाई आधार बनाएर जिल्लामा पर्यटन विकास गर्न सकिने बताउनुभयो । उहाँले विगतमा जिविसले पर्यटन विकास गुरुयोजना बनाएको स्मरण गर्दै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।

    समितिका अध्यक्ष तिलक जिसीले यसअघि ‘ओखरकोट विश्वकोष’ पुस्तक प्रकाशन भएको बताउनुभयो । उहाँले समितिले ओखरकोट क्षेत्रको मात्र नभई समग्र जिल्लाको पर्यटन प्रवर्द्धनमा काम गर्ने स्पष्ट पार्नुभयो ।

     

    समितिका अध्यक्ष तिलकबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष कविता जिसीले गर्नुभएको थियो भने सञ्चालन टिका जिसीले गर्नुभएको थियो । पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ।



    mandavionline mandavionline    
  • १६ श्रावण २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP