logo

  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026

  •      Listen Radio Live

    लुम्बिनीको प्रचारप्रसारमा नेपाल–कोरियाबीच साझेदारी आवश्यक

    लुम्बिनीको प्रचारप्रसारमा नेपाल–कोरियाबीच साझेदारी आवश्यक

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    मन्त्रालयमा आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले गर्नुभएको शिष्टाचार भेटमा उहाँले बौद्ध संस्कृतिको प्रवर्द्धन तथा लुम्बिनीको अन्तरराष्ट्रियस्तरको प्रचारप्रसारमा दुई मुलुकबीच साझेदारी आवश्यक रहेकामा जोड दिनुभयो ।

    गृहमन्त्री गुरुङले शिक्षा तथा रोजगारीका लागि कोरियामा जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरियाली नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गर्नुभयो ।

    भेटमा राजदूत पार्कले विभिन्न पेसा व्यवसायमा कोरियामा रहेका नेपालीहरु अत्यन्त अनुशासित एवं मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु-याइरहेको उल्लेख गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • ३ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP