प्यूठानको ऐरावती गाउँपालिका १ छेडाघाटमा आगलागी हुदा २२ घरगोठ जलेर नष्ट भएका छन । गएराती करिव १२ बजे लागेको आगोले स्थानियका ८ घर र १४ गोठ जलेर नष्ट भएको ऐरावती गाउँपालिका वडा न १ का वडा अध्यक्ष अमर रेस्मि मगरले जानकारि दिनुभयो ।

ऐरावती गाउँपालिका वडा नं. १ छेडाघाट बस्ने लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सल्किएको आगोले स्थानिय १३ जनाको घरगोठ जलेको जिल्ला प्रहरि कार्यलय प्यूठानका प्रहरि नायव उपरिक्षक नरहरि अधिकारिले बताउनुभयो। आगलागीबाट देवान सिंह रानाको फुसले छाएको गोठ, बिकाश रानाको गोठ, लक्ष्मण रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको छ । यस्तै इश्वरी रानाको कच्चि घरसंगै भाडावर्तन, लत्ताकपडा, खाद्यान्न, ३ गोरु, १५ बाख्रा मरेकाछन् ।
स्थानिय रमेश घर्तीको १ घर, १ गोठ पुर्ण रुपमा जली नष्ट भएको ६ बाख्राको मृत्यु, भाडावर्तन, लत्ताकपडा, आधा तोला सुन, नगद रु.५०,०००।- जली नष्ट भएको, ओम बहादुर रेश्मी मगरको १ घर, २ गोठ पुर्णरुपमा जली नष्ट भएको ३३ बाख्राको जली जली मृत्यु भएकोसाथै नगद र७१,५०० जलेर नष्ट भयकोप्रहरिले जनाएको छ । यस्तै भुपाल रोकाको १ घर, १ बाख्रा पुर्णरुपमा जली नष्ट साथै १८ बाख्रा जलेर मरेका छन । नगद २ लाख र आधा तोला सुन पनि जलेर नष्ट भयको छ ।
गुमा रजालिको १ घर १ गोठ, १ बङ्गुर,बल बहादुर रजालीको १ घर, १ गोठ, झबिन्द्र रजालीको १ घर १ गोठ, घन ब. रानाको १ घर १ गोठ १५ बाख्रा २ गोरु ४ कुखुरा, देव ब. रजालीको १ गोठ, १५ वटा बाख्रा जलेर मरेका छन् । यस्तै डिला रजालीको १ गोठ, १ बाख्रा घाईते, दुई गोरु आगलागिमा परि मरेको जिल्ला प्रहरि कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरि निरीक्षक हरि भट्टराईले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय बिजुवार, प्रहरी चौकी दाङवाङ, र जिल्ला प्रहरि कार्यालयबाट प्रहरि नायव उपरिक्षक नरहरि अधिकारि सहित ३० जजना प्रहरि, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानियको सहयोगमा बिहान ७ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।आगलागिबाट ९३,५०,०००/- बराबरको क्षति भयको प्रहरिले जनाएको छ।
प्रतिक्रिया