माण्डवी अनलाइन,प्युठान।
चुनावी प्रचारमा हिडेको गाडी दुर्घटना हुँदा प्यूठानमा चार जना घाइते भएका छ्न ।
प्यूठान नगरपालिका बाग्दुला नजिकै टिकुरिमा भएको दुर्घटना ४ जना घाईते भएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाको चुनावी प्रचारमा हिडेको लु १ च ७७६९ नम्बरको पिकअप जीपले स्कुटर र मोटरसाईकललाइ ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक लमही नगरपालिका-६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेल र पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाईते भएका हुन । यस्तै मोटरसाइकल चालक प्यूठान नगरपालिका-५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का घाईते भयका हुन । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया