logo

  • २ फाल्गुन २०८२, शनिबार | Sat, 14 Feb 2026

  •      Listen Radio Live

    लोसपाका महासचिव र जसपा नेपालका केन्द्रीय नेता कांग्रेसमा प्रवेश

    लोसपाका महासचिव र जसपा नेपालका केन्द्रीय नेता कांग्रेसमा प्रवेश

    सर्लाही । काँग्रेसका सभापति थापाले संविधान सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ ।

    सर्लाही क्षेत्र नं ४ को बलरा नगरपालिका–९ अचलगढमा आज आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी, लोसपाका महासचिव एवं हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्रलगायत पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको हो । सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालकी नेतृ वीणा सिन्हा, लोकतान्त्रिक समाजवादी पार्टीबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा विष्णु गाउँ पालिकाबाट अध्यक्षका प्रत्यासी अरविन्दकुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव, नवलकुमार सिंह, सोही निर्वाचनमा बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिकामा अध्यक्षका उम्मेदवार श्याम गुप्तालगायतलाई अबिर र माला पहि¥याएर सभापति थापाले पार्टी प्रवेश गराउनु भएको हो ।

    सो अवसरमा सभापति थापाले आफू यस क्षेत्रको पारिवारिक सदस्य बन्ने क्रम सुरु भएको बताउनुभयो । आफूले पाएको माया र स्नेह कुनै पनि हालतमा खेर जान नदिने उहाँको भनाइ थियो ।



    mandavionline mandavionline    
  • २ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP