logo

  • २९ पुष २०८२, मंगलवार | Tue, 13 Jan 2026

  •      Listen Radio Live

    आत्महत्या न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायबीच समन्वय आवश्यक छ : प्र जि अ प्रसाई

    आत्महत्या न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायबीच समन्वय आवश्यक छ : प्र जि अ प्रसाई

    माण्डवी अनलाइन, प्युठान ।
    जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा गङ्गा मावी बहानेमा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्महत्याका चेतावनी संकेत, किशोर अवस्थाका मनोवैज्ञानिक समस्या, अभिभावक र शिक्षकको भूमिका तथा सहयोग गर्ने उपायबारे जानकारी दिइएको थियो ।
    प्रमुख जिल्ला अधिकारी प्रसाईले आत्महत्या सामाजिक समस्या भएकाले यसको न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । समयमै मनोवैज्ञानिक समस्या पहिचान गरी संवाद र सहकार्य गर्न सके आत्महत्याका घटना कम गर्न सकिने उहाको भनाई थियो ।

    यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले विद्यार्थीलाई आत्मबल बढाउने, नकारात्मक सोचलाई सकारात्मक दिशातर्फ लैजाने र समस्या पर्दा खुलेर कुरा गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।



    mandavionline mandavionline    
  • २८ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP