प्यूठानको माण्डवी गाउँपालिका–२ रातापानिमा मृत भेटिएका दम्पतिको हत्या आफ्नै भतिजले गरेको खुलेको छ । जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक दिपेश बस्यालका अनुसार शनिवार मृत अवस्थामा आफ्नै घरभित्र फेला परेका दम्पत्ति ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमति ५६ वर्षिय हुकुमा परियारको हत्या उनको भतिजा नाता पर्ने ३४ बर्षका पंकज परियारले गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

दम्पति हत्या घटनामा संलग्नलाई प्रहरीले आईतबार साँझ पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पंकजले निर्माण कार्यमा प्रयोग गर्ने घनको प्रयोग गरि हत्या गरेको अनुसन्धानबाट खुलेको हो । मिस्त्रीकाम गर्ने राम बहादुरका निर्माणका औजारहरु भएको ठाँऊबाट घन लिएर हत्या गरेको भेटिएको छ, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक बस्यालले भन्नुभयो,‘दम्पतिलाइ तिन/तिन पटक टाउकोमा हानेको भेटियको छ । काका काकी अबेरसम्म नउठेको भन्दै पंकजले नै प्रहरिलाइ खवर गरेका थिए ।

प्रतिवादी पंकजलाई एउटा स्वास्नी पाउन नसकेको थारो भन्दै काका काकीले गालिगलोज गरे पछि पंकजले मार्ने योजना बनायको प्रहरि बयानमा पंकजले उल्लेख गरेको डिएस पी बस्यालले बताउनुभयो । मदिरा सेवन गरि इगो राखेर हत्याको योजना बनाएको रहेछन । राती अन्दाजी साढे १० बजे दोश्रो तलाको झ्यालबाट प्रवेश गरी भर्याङबाट भुईतलामा झरी निदाई रहेको भेटेपछि घन प्रयोग गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटना स्थल ५० मिटर टाढाबाट घटनामा प्रयोग भएको रक्ताम्मे अवस्थामा रहेको घन, मृतकहरुको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । साथै प्रतिवादीले घटनाका बखत लगायको सुईटर, घटना पश्चात हुकुमाको पटुकीमा रहेको २२० रुपैंया साथमा लिई गएको र २० रुपैंया खर्च भई बाँकी रहेको २०० रुपैंया बरामद गरेको छ । मृतकका चार छोरा रोजगारीको लागि भारत रहेको र तीन छोरी दाङ विवाह भई गएका छन् ।
प्रतिक्रिया