सरुमारानी गाउँपालिकाले शारिरिक रुपमा अपांगता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र बितरण गरेको छ । सरूमारानी गाउँपालिका–५, बिरिङ्कोट घर भई हाल वडा नंं २ गनाहामा बस्दै आएका दुई बालकलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचय पत्र वितरण गरिएको सरुमारानी गाउँपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण आचार्यले जानकारी दिनुभयो । बहुअपाङ्गता भएका बसन्ती सुनारका दुई छोराहरु गाउँपालिकाले आज घरमै पुगेर परिचयपत्र दिएको हो ।
उनीहरू हिडडुल गर्न नसक्ने, कान नसुन्ने, बोल्न नसक्ने, र ओछ्यानै पल्टीरहने समस्या छ । मानसिक रूपमा समेत अशक्त दुई भाईलाई गाउँपालिकाका कर्मचारीले उनीहरुको अवस्थालाई मध्येनजर गर्दै घरमै पुगेर अपांगता परिचयपत्र बितरण गरेको हो ।
प्रतिक्रिया