logo
  • २६ फाल्गुन २०८१, सोमबार | Mon, 10 Mar 2025

  •      Listen Radio Live

    मल्लरानी गाउँपालिकाले फागुन १८ गते निःशुल्क आँखा शिविर संञ्चालन गर्ने

    मल्लरानी गाउँपालिकाले फागुन १८ गते निःशुल्क आँखा शिविर संञ्चालन गर्ने

    रविन विश्वकर्मा, प्युठान । मल्लरानी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क आँखाको स्क्रिनिङ्ग शिविर सन्चालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा नेत्रज्योती संघ, प्यूठानको समन्वय र नरेन्द्र गायत्री (प्रस्तावित) आँखा अस्पताल, प्यूठानको प्राबिधिक सहयोगमा फागुन १८ गते शिविर सन्चालन हुने गाउँपालिकाले जनाएको छ । मल्लरानी गाउँपालिका ४ खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा हुने शिविरमा आँखाको स्क्रिनिङ्ग गरि आँखाका बिरामीहरुको पहिचान, मोतिबिन्दुका विरामि छनोट गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले जानकारी दिनुभयो ।

    शिविरमा भेटिएका मोतिबिन्दु तथा आँखाको अप्रेशन गनुपर्ने अवस्थाका विरामीहरुलाई नरेन्द्र गायत्री आँखा अस्पताल, विजुवार प्युठानसंग समन्वय गरी निःशुल्क रुपमै बिरामीहरुको शल्यक्रिया गरी उपचार गरिने बताउनुभयो । साथै शिविरमा आँखाका समस्या भएका विरामिहरुको लागि आवश्यक चस्मा तथा औषधि निःशुल्क वितरण गरिने स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । शिविर बिहान साढे १० बजे देखी दिउँसो साढे ४ बजे सम्म संञ्चालन हुने छ । शिविरमा आँखाको चेकजाँच गराइ सेवा लिन गाउँपालिकाले आग्रह समेत गरेको छ ।

    पालिकाभित्रका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन निशुल्क शिविर संञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । स्वास्थ्य अत्यन्तै संवेदनशिल बिषय भएकाले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा समय समयमा विभिन्न रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन धेरै समय तथा पैसा खर्च गरेर विजुवार तथा अन्य बाहिरी जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउनुभयो । स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि अध्यक्ष बहादुर खड्काले बताउनुभयो ।



    mandavionline mandavionline    
  • १६ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP