रविन विश्वकर्मा,प्युठान । मल्लरानी गाउँपालिका ५ सरङकोटका युवाहरु सामुहिक कृषि कर्ममा जुटेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्युठान र मल्लरानी गाउँपालिकाको सहयोग पाएपछि गाउँका ४० जना युवाहरुले सरङकोट कृषि तथा पशुपन्छी कृषक समुह गठन गरी सामुहिक कृषि तथा पशुपालनमा लागेका हुन । बेरोजगार युवाहरुलाई समुहमा समेट्दै गाउँमा खाली रहेका,बाझो जमिनको सदुपयोग गर्दै व्यवसायीक कृषि खेतीमा लागेको समुहका अध्यक्ष सीता घर्तीले बताउनुभयाे। बसाइँसराई तथा जनशक्तिको अभावमा गाउँघरमा बाझिदै गएका जमिनहरुलाई प्रयोगमा ल्याउनुका साथै गाउँका अन्य ब्यक्तिगहरुलाई पनि कृषि तथा पशुपालन लाग्न अभिप्रेरित गर्ने उदेश्यका सामुहिक कृषि खेतीको सुरुवात गरेको बताउनुभयो । २७ रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी लहरे तरकारी, बाख्रा पालन तथा डाले घाँस खेतीलाई अगाडि बढाएको अध्यक्ष घर्तीले बताउनुभयो ।
जिल्लामा देखिएको विउको अभावलाई मध्येनजर गर्दै समूह मार्फत विशेष गरि बीउ उत्पादनलाई जोड दिएको समुहका सचिव शिव थापाले बताउनुभयो । बिउँ उत्पादनको लागि ६ रोपनी जग्गामा विभिन्न प्रजातिका प्याज, १२ रोपनी जग्गामा भक्तपुरे लोकल जातको काँक्रा लगाएको समेत बताउनुभयो । साथै बेमौसमी प्याज उत्पादन गर्नको लागि केही रोपनी जग्गामा प्याजको सेट तयार पारेको थापाले जानकारी दिनुभयो । अहिले कांक्रा, फर्सी, सिमि, तौका, तिते करेला, भान्टा लगायत मौसमी तथा बेमौसमी लहरे जातका तरकारीहरुको हड ब्याडबाट विरुवा उत्पादन गरेको उहाँले बताउनुभयो । डालेघाँस खेतीको लागि १५ सय किम्बुका विरुवा उत्पादन गरेका छौैं उहाले भन्नुभयो,“ मल्लरानी गाउँपालिका वडा नंम्बर ३ को खनडाँडा र ५ नंम्बर वडामा जग्गा भाडामा लिएर काम गरिरहेका छौं ।“ थप २०० रोपनी जग्गा भाडाँमा लिएर डाँलेघास खेती, अदुवा/बेसार,खेतीलाई अगाडि बढाउने समुहको योजना रहेको सचिव थापाले बताउनुभयो ।
युवाहरुले २ महिना अघि मात्रै समूह गठन गरी काम अगाढि बढाएका हुन् । विभिन्न प्रकारका बिरुवा उत्पादन भएसंगै अहिले उनीहरुलाई काम गर्न भ्याईनभ्याइ छ । समुहमा एकिकृतहुदै,सीप आदान प्रदान गर्दै युवाहरु कृषि कर्ममा जुटेका छन् । यसरी समुह मार्फत गाउँका युवाहरु एकजुर भई आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने अठोटका साथ लाग्दा थप उर्जा मिलेको अगुवा कृषक तथा समुहका सदस्य मुकुन्द बहादुर मल्लले बताउनुभयो । ब्यवसायीक कृषि उत्पादनमा आफुले प्रयोग गरिरहेको ज्ञान,सीप,क्षमतालाई सिकाउँदा र आफुले नजानेका कुरा अन्य कृषक मार्फत सिक्न पाउँदा सहज भएको उहाँले अनुभव सुनाउनुभयो ।
वडालाई पशुपालन तथा कृषि उत्पादनमामा आत्म निर्भर बनाउन सामुहिक ब्यवसायीक खती प्रवर्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ प्युठानबाट बीउ, मल, रोग,किराको संक्रमण नियन्त्रण गर्न आवश्यक किट्नाशक बिषादी, औजार, विरुवाको लागि चाहिने भिटामिनका साथै प्राविधिक सल्लाह सुझाब दिदै आएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । समुहको लागि १५० वटा टनेल, सिंचाइको लागि ५ वटा पोखरी निर्माणको काम अगाडि बढाएको जानकारी दिनुभयो ।
यस्तै मल्लरानी गाउँपालिकाले पनि समुहको लागि ब्यवसायिक बोयर बाख्रा पालन, घाँस खेतीको लागि ५ लाख रुपैया र सिँचाइ ब्यवस्थापनको लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै समुहको माग अनुसार बीउ, मल, विषादी सेमत उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
प्रतिक्रिया