गौमुखी गाउँपालिकामा परम्परागत रुपमा मनाइदै आएको झाक्रि नाच आज रजवाराका स्थानियले बिशेष पुजा गरी झाक्रि नाचेर मनाएका छन् । परम्परागत रुपमा रजवाराका जनजाती समुदायले मनाउदै आएको झाक्रि नाच गाउँमा बिपत्ती आइ नलागोस, भोकमरी नहोस तथा स्थानियको स्थानिय देबी देवताले सुरक्षा गरुन भन्दै यो नाच नाच्ने प्रचलन रहि आएको छ ।
स्थानिय झाक्रिहरु एकै ठाउँमा भेला भएर भुमे पुजा गरेसंगै त्यसको अर्काेदिन झाक्रिनाच नाच्ने प्रचलन छ । भुमे पुजाको दिन प्रकृतीको पुजा गरीने र हरेक दुइ बर्षमा झाक्रि नाच नाच्ने प्रचलन रहेको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो । गाउँमा बिपत्ती आइ नलागोस, स्थानियमा झाडा पखाला लगाएत रोग नलागोस भनेर हरेक बर्ष भुमे पुजा गरिन्छ भने हरेक दुइ बर्षमा झाक्रि नाच नाच्ने प्रचलन रहि आएको उपाध्यक्ष रानाले जानकारी दिनुभयो ।

गत साउनमा गौमुखी गाउँपालिकाको अर्खामा लाटा नाच नाचसंगै बोक्सा लगार्ने र उक्त बोक्सा रजवारामा आएर ६ महिना बस्ने र त्यसलाई गाउँबाट भगाउन झाक्रि नाच नाच्ने गरिएको स्थानिय बुढापाका बताउछन् । यो नाच नाचे गाउँमा कुनै बिपत्ती आइ नलाग्ने उनीहरुको भनाइ छ । रजवाराका स्थानियले हरेक बर्षको मसिंरको पहिलो मंगलवार भुमे पुजा गर्ने र त्यसको अर्काेदिन झाक्रि नाच देखाउने गर्छन् । अस्ताउदो सुर्यसंगै बोक्सा भगाएपछि यो नाच सकिने स्थानियको भनाइ छ ।
प्रतिक्रिया