logo

  • २३ फाल्गुन २०८२, शनिबार | Sat, 07 Mar 2026

  •      Listen Radio Live

    प्यूठानमा रास्वपाका शुसान्त बैदिक बिजयी

    प्यूठानमा रास्वपाका शुसान्त बैदिक बिजयी

    माण्डवी अनलाईन,प्यूठान ।
    प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाका शुसान्त वैदिक बिजयी भएका छन् । नेपाली काग्रेसका डा गोविन्दराज पोख्रेललाई ९ हजार १३२ मतले पराजित गर्दै रास्वपाका वैदिक बिजयी भएका हुन् ।


    रास्वपाका वैदिकले २७ हजार ४६९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी कांग्रेसका गोविन्दराज पोख्रेलले १८ हजार ३३८ मत प्राप्त गरे । प्यूठानमा १४ राजनैतिक दलका १४ उमेदवार चुनावी मैदानमा थिए । एमालेका सुर्य बहादुर थापा क्षेत्रीले १६ हजार ७१० मत प्राप्त गरेका छन् ।

    नेपाली कम्युनिष्ट पार्टिका कृष्णध्वज खड्काले ९ हजार ४७ र राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टिका धनेश्वर पण्डितले ४१५, मंगोल नेश्नल अर्गनाईजेशनका हर्क बहादुर पुनले ८१, नेकपा संयुक्त हसिया चुनाव चिन्हका नविन कुुमार कक्षपतिले ४३, नेशनल रिपब्लिक नेपालका तारा सि थापा मगरले ९४, श्रम संस्कृती पार्टिका गोविन्द गिरीले ५९४, नेपाल कम्युनिष्ट पार्टि माओबादीकी सीता बिकले ५०१ मत प्राप्त गरेका छन् ।

    यस्तै नेपाली जनता दलका बिमल प्रसाद पाखरेलले ७८ र आम जनता पार्टीका रोम बहादुर थापाले ४२ मत ल्याएका छन् ।



    mandavionline mandavionline    
  • २३ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP