logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026

  •      Listen Radio Live

    काँग्रेस नेता दीपक गिरीद्धारा उपसभापति पदमामा उम्मेदवारी घोषणा

    काँग्रेस नेता दीपक गिरीद्धारा उपसभापति पदमामा उम्मेदवारी घोषणा

    बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने हुनुभएको छ ।

    बाँकेको नेपालगन्जमा मंगलबार नेपाली कांग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गिरीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    नेपाली काँग्रेस पूर्वपार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा गरिएको भवन उद्घाटन कार्यक्रममा उहाँले नेपाली काँग्रेसको आगाी १५ औं महाधिबेशनमा उपाध्यक्ष पदको उम्मेदबार रहेको घोषणा गर्नुभयो ।

    बाँके जिल्लासँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उहाँले नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गरेको बताउनुभएको छ।

    वि.सं २०३६ सालमा नेविसंघ केन्द्रीय सदस्य हुनुभएका गिरी पटक पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ ।

    नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गिरी डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।



    mandavionline mandavionline    
  • ९ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP