logo

  • ३० फाल्गुन २०८२, शनिबार | Sat, 14 Mar 2026

  •      Listen Radio Live

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

    बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।



    mandavionline mandavionline    
  • ३० फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP