प्यूठान । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्यूठान जिल्लाको राजनीतिक वातावरण काँग्रेसमय बन्दै गएको प्यूठान काँग्रेसका सभापति बिष्णुकुमार गिरीले बताउनुभएको छ । सयै क्रममा बिहीबार सरुमारानी गाउँपालिका वडा नं. १ मा आयोजित नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार रहनुभएका श्री चेतबहादुर पुनज्यू तथा निर्वाचन परिचालन समितिअन्तर्गत युवा समिति इन्चार्ज रहनुभएका शोभबहादुर मर्साइसहित आधा दर्जनभन्दा बढी संगठित एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
नेपाली कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले पछिल्लो समय जिल्लामा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार नेपाली कांग्रेसले विजय हासिल गरेपछि मात्रै विकास निर्माणले वास्तविक गति लिने गरेको अनुभूति जनताले गरिसकेका छन्।
सभापति गिरीले लुम्बिनी प्रदेश सरकारमा कांग्रेस नेतृत्वमा भएका विकास निर्माणका गतिविधि तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रा. डा. गोविन्दराज पोखरेलको दूरदृष्टि, योजना र कार्यक्षमताले प्यूठानको मुहार परिवर्तन गर्न सक्ने विश्वासकै कारण कांग्रेसप्रति जनलहर तीव्र रूपमा बढिरहेको बताउनुभयो।
कार्यक्रममा नवप्रवेशी कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रा. डा. गोविन्दराज पोख्रेल, लुम्बिनी प्रदेश सभा सदस्य नीमा गिरी, पूर्व पार्टी सभापति अमर भण्डारी, नेता शिव रिजाल तथा सरुमारानी गाउँपालिका कांग्रेस सभापति मुकुन्द शर्माले खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी पुनले एमालेको किल्ला मानिने सरुमारानी क्षेत्रमा अपेक्षित विकास निर्माण हुन नसकेको उल्लेख गर्दै विकास गर्न सक्ने दल र सक्षम नेतृत्व नेपाली कांग्रेस नै भएकाले आफूहरू गाउँको समग्र विकासका लागि कांग्रेसमा प्रवेश गरेको स्पष्ट पार्नुभयो। साथै उहाँले प्यूठान जस्तो जिल्लाले यस निर्वाचनमा राष्ट्रकै शिक्षित, योजनाविद् तथा अनुभवी विकास निर्माणकर्ता उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेल पाउनु गर्वको विषय भएको बताउँदै पार्टी र विचारभन्दा माथि उठेर उहाँलाई विजयी गराउन सबै जिल्लावासी एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुख चिन्हमा मतदान गरी प्रा. डा. गोविन्दराज पोखरेललाई विजयी गराउन सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ अभियानप्रति उत्साहित हुँदै रुपान्तरित कांग्रेस नै जनताको वास्तविक विकल्प भएको उहाँहरूको भनाइ रहेको छ।
प्रतिक्रिया