logo

  • ६ माघ २०८२, सोमबार | Mon, 19 Jan 2026

  •      Listen Radio Live

    को को लड्दैछन् प्यूठानबाट चुनाव

    को को लड्दैछन् प्यूठानबाट चुनाव

    आसन्न फागुन २१ मा हुने निर्वाचनका लागी नेपाली काग्रेस प्यूठानले उमेदवारको टुंगो लगाएको छ । नेपाली काग्रेसका निवर्तमान केन्द्रिय सदश्य तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका डाक्टर गोविन्दराज पोख्रेलको नाम टुंगो लागेको हो ।
    नेपाली काग्रेस प्यूठानका पार्टि सभापती बिष्णु कुमार गिरीका अनुसार पोख्रेलले काग्रेसका तर्फबाट चुनाव लड्न टिकट पाएका हुन् । २०७४ सालको निर्वाचनमा जनमोर्चाकी उमेदवार दुर्गा पौडेलसंग पराजित भएका थिए ।

    यो संगै जिल्लामा मुख्य दलहरुले उमेदवारको टुंगो लगाईसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपा बाहेक अन्य मुख्य दलहरुले उमेदवारको टुंगो लगाईसकेकाछन् ।

    एमालेबाट सुर्य थापा, नेपाली कम्यूनिष्ट पार्टी नेकपाका तर्फबाट कृष्णध्वज खडका,

    राष्ट्रिय जनमोर्चाका तर्फबाट तिलक जिसी, श्रम संस्कृती पार्टिका तर्फबाट गोविन्द गिरी, प्रगतिशिल लोकतान्त्रिक पार्टिका तर्फबाट श्याम गहतराज, र नेपाली जनता दलबाट बिमल पोख्रेलले चुनाव लड्ने पक्का भैसकेको छ ।



    mandavionline mandavionline    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP