logo

  • १७ पुष २०८२, बिहीबार | Thu, 01 Jan 2026

  •      Listen Radio Live

    मल्लरानी र गौमुखी गाउँपालिकामा सम्पन्न भयो छैठौ राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता

    मल्लरानी र गौमुखी गाउँपालिकामा सम्पन्न भयो छैठौ राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता

    मल्लरानी गाउँपालिका स्तरिय छैठौ राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहिबारदेखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा २८ स्वर्ण २८  रजत र २८ कास्य पदकका लागी ८ वटा बिद्यालयले प्रतिस्प्रधान गरेका थिए ।
    प्रतियोगितामा भुमि बिकास माध्यमिक बिद्यालय मल्लरानी गाउँपालिका ५ ले १० स्वर्ण र ६ रजत पदक सहित ट्रफी आफ्रनो पक्षमा पारेको छ । पहिलो पटक कक्षा १० सञ्चालन गरेको बिद्यालयले सबैभन्दा धेरै स्वर्ण पदक जित्दै गाउँपालिका स्तरिय छैठौ राष्ट्रपति रनिंगशिल्डको सिल्ड उचालेको हो ।


    यस्तै भानुभक्त माध्यमिक बिद्यालय मल्लरानी गाउँपालिका ३ ले ५ स्वर्ण, ५ रजत र १ कास्य पदक सहित कुल ११ पदक जित्दै गाउँपालिकामा दोश्रो भएको छ । ११ पदकनै जितेको महेन्द्र मावी खलंगा तेस्रो भयो । उसले ४ स्वर्ण ५ रजत र २ कास्य पदक जित्यो । यस्तै सारदा मावी चौरपानीले ३ स्वर्ण ४ रजत र ३ कास्य पदक जित्दा मल्लरानी बोडिंग स्कुलले २ स्वर्ण र ९ कास्य पदक जित्यो । जनता मावी मल्लरानी गाउँपालिका १ ले पनि ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको छ ।

    यसैबिच गौमुखी गाउँपालिका स्तरिय छैठौ राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा कुल २० पदक जित्दै खरा मावी रजवाराले सिल्ड जितेको छ । कुल ९१ पदकका लागी भएको प्रतिस्प्रधामा खरा मावीले ११ स्वर्ण, ४ रजत ५ कास्य पदक जित्दै गाउँपालिका प्रथम भएको हो । यस्तै २५ पदक जितेको गौमुखी मावी ठुलाबेसीले ९ स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्यो । १२ पदक जितेको अर्खा मावी अर्खाले ४ स्वर्ण,५ रजत र ३ कास्य पदकमा जित हात पारेको छ । कुल ६ वटा माध्यमिक बिद्यालयको सहभागीता रहेको राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा महेन्द्र मावी पुँजाले ३ स्वर्ण,६ रजत र २ कास्य पदक गरी कुल ११ पदक जित्यो । भृकुटी मावी लिवांगले २ स्वर्ण,४ रजत र ५ कास्य पदक हात पार्दा अमृत जीवन मावी नारिकोटले १ स्वर्ण, ४ रजत र ७ कास्य पदक गरी कुल १२ पदक हात पारेको छ ।



    mandavionline mandavionline    
  • १२ पुष २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP