प्यूठानको मुख्य ब्यापारिक केन्द्र बाग्दुलासंग नौबहिनी गाउँपालिकालाई जोड्ने दम्ती, धाईरे अधेरी सडकखण्डको शिलन्यास गरिएको छ । लुम्वीनी प्रदेशका खानेपानी तथा शहरीबिकास मन्त्री सरोज थापा (रोज राणा) ले सडकखण्डको आज एक कार्यक्रमका बिच शिलन्यास गर्नुभएको हो ।
१२ करोड लागतमा निर्माण गर्न लागिएको सडकखण्डलाई ६÷६ करोडका दुइ खण्डमा बिभाजन गरि काम अघि बढाइएको हो । पहिलो खण्ड अन्र्तगत दम्ती, धाईरे र धाईरे, अधेरी दोश्रो खण्ड कामय गरेर शहरी बिकास तथा भवन कार्यालय दाङले ठेक्का सम्झौता गरेको हो ।
एजी कन्ट्रक्सन र हरियाली निर्माण सेवालाई सडक निर्माणको ठेक्का परेको छ । हाल हरियाली निर्माण सेवाले सडक निर्माणका लागी ठेक्का सम्झौता गरिसकेको छ भने एजी कन्ट्रक्सनसंग सम्झौताको तयारी भैरहेको कार्यालय प्रमुख इस्वरी देबकोटाले जानकारी दिनुभयो । ५१ सय ६० मिटर सडक स्तरोन्नती हुनेछ । २०८३ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
प्रतिक्रिया