logo

  • ५ पुष २०८२, शनिबार | Sat, 20 Dec 2025

  •      Listen Radio Live

    अन्तिम लेखापरीक्षण पूर्व बैठक सम्पन्न

    अन्तिम लेखापरीक्षण पूर्व बैठक सम्पन्न

    साउन २९ २०८२ प्यूठान । महालेखापरीक्षकको कार्यालयबाट जिल्लामा लेखापरीक्षण गर्न आएको टोलीले सदरमुकाम खलंगामा आज अन्तिम लेखापरीक्षण प्रवेश बैठक आयोजना गरेको छ ।

    जिल्लामा रहेका तीनै तहका सरकारका कार्यालय प्रमुख र आर्थिक शाखा प्रमुख र सरोकारवालाको बैठकमा सहभागिता रहेको थियो। बैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका प्रमुख खुमराज आचार्यले जिल्लाको विगतका अन्तिम लेखापरीक्षणको प्रतिवेदनको अवस्था तथा जिल्लाका समस्याहरुका बारेमा जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीले स्थानीय तहको बढि बेरुजु पालिकाबाट शिक्षकलाई तलव उपलव्ध गराएको देखिएकोप्रति पालिकाको जनप्रतिनिधिहरुको गुनासो रहने गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले खर्चको औचित्य पुष्टि गर्न सक्ने कार्यालय प्रमुख लेखापरीक्षणका क्रममा उपस्थित भए बेरुजु घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सो समयमा कार्यालय प्रमुख अनिवार्य उपस्थित हुन निर्देशन दिनुभयो । नेपाल पत्रकार महासंघ प्यूठान शाखाको पूर्व अध्यक्ष सञ्जय रिजालले अन्तिम लेखापरीक्षण स्थानीय तहको जस्तै अन्य सरकारी कार्यालयको महालेखापरीक्षको अन्तिम प्रतिवेदन वेवसाइटमा राख्नुपर्ने बताउनुभयो ।

    प्युठानमा महालेखापरीक्षकको कार्यालयका निर्देशकको नेतृत्वमा दुई टोली बनाएर अन्तिम लेखापरीक्षण गर्न लागिएको निर्देशक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । एउटा स्थानीय तहमा ३ देखि ५ दिनसम्म लेखापरीक्षणको लागि समय लाग्न सक्ने टोलिले आकलन गरी सोही अनुसार कार्यतालिका बनाएर अगाडि बढ्न लागेको सो अवसरमा जानकारी गराइएको छ । डलेखापरीक्षणका दौरान स्थलगत रुपमा टोली कार्यालयसम्म खटिन्छन् । लेखापरीक्षण÷बक्यौता लेखापरीक्षण तथा विगत वर्षहरुको बेरुजु समेतको सम्परीक्षण हुने गर्छ । बेरुजु हरेक कार्यालयले शून्यमा झार्नुपर्ने प्रावधान रहेको छ । पछिल्लो लेखापरीक्षणबाट बेरुजु र बेरुजु फछ्र्यौटलाई कार्यासम्पादन मूल्यांकनको एक आधार मान्न थालिएको छ ।

    यसबाहेक समय महालेखा परीक्षकको कार्यालयले समेत ठूलो बेरुजु हुने निकाय र त्यसका जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरेर राख्न थालेको छ ।



    mandavionline mandavionline    
  • ३० श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP