logo

  • २८ आश्विन २०८२, मंगलवार | Tue, 14 Oct 2025

  •      Listen Radio Live

    भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

    भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

    काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार ९भदौ २२० खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

    ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिएनुभयो ।

    साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उहाँले बताउनुभयो।

    ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

    ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उहाँले बताउनुभयो ।

    शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । रासस



    mandavionline mandavionline    
  • २१ भाद्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP