प्रमोद ओली, प्युठान । नेपाल विद्यार्थी संघ (नेविसंघ) प्युठानले आफ्नो ५६औं स्थापना दिवसको अवसरमा जिल्लाका अस्पतालहरूमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी दिवस मनाएको छ। नेविसंघ प्युठानका अध्यक्ष कल्याण विक्रम केसीको नेतृत्वमा आयोजित कार्यक्रममा जिल्ला अस्पताल प्युठानका २७ जना र निमतारा पोलिक्लिनिक प्रा. लि. बिजुवारमा उपचाररत ७ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो।
कार्यक्रममा जिल्ला कार्यसमिति, जिल्ला पदाधिकारी, जिल्ला सदस्य, क्षेत्रीय कार्यसमिति, क्याम्पस इकाइ लगायतका विद्यार्थी नेताहरूको सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष केसीले नेविसंघले स्थापना दिवसलाई सामाजिक सेवामा समर्पित गर्दै बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको बताए। उनले विद्यार्थी संगठनले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यस्ता कार्यक्रमहरूले विद्यार्थी संगठनहरूलाई सामाजिक सेवामा सक्रिय बनाउँदै आएका छन्। नेविसंघ प्युठानले भविष्यमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया