logo
  • २६ फाल्गुन २०८१, सोमबार | Mon, 10 Mar 2025

  •      Listen Radio Live

    सरुमारानीमा कुसुण्डा भाषा सम्बन्धि राष्ट्रिय स्तरको १५ दिने आधारभुत तालिम सुरु

    सरुमारानीमा कुसुण्डा भाषा सम्बन्धि राष्ट्रिय स्तरको १५ दिने आधारभुत तालिम सुरु

    कुसुण्डा भाषा सम्बन्धि राष्ट्रिय स्तरको १५ दिने आधारभुत तालिम आजदेखी सरुमारानी गाउँपालिकामा सुरु भएको छ । लोपोन्मुख भाषा संरक्षणका लागी देशभर रहेका कुसुण्डा जातीहरुको प्रतिनिधीहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै प्रतिनिधी शभा सदश्य सुर्य थापाले राष्ट्रिय सम्पत्तीको रुपमा रहेको कुसुण्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व रहेको बताउनुभयो । लोपोन्मुख समुदायको भाषा संस्कृति संरक्षणसँगै एकीकृत बस्ती बिकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एकीकृत बस्तिले भाषा, संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको भनाई थियो । भाषा, सस्कृती पहिचान लोप हुन लागेकोले भाषालाई जिवित राख्नुपर्छ भन्ने मान्यताका साथ तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले बताउनुभयो । भाषा, संस्कृति अधिकार सम्बन्धि एकल अधिकार संबिधानले गाउँपालिकालाई दिएकोले सो सम्बन्धि ऐन समेत बनाएको उहाले जानकारी दिनुभयो ।
    कला संस्कृतीको संरक्षणका लागी राष्ट्रिय स्तरको तालिमको आयोजना गरेकोमा लुम्वीनी प्रदेश शभा सदश्य तुल्सीराम शर्माले गाउँपालिकाको प्रशंसा गर्नुभयो । १५ दिनसम्म चल्ने तालिमको प्रशिक्षण उदय राज आले र कमला कुसुण्डाले गर्नुहुने छ ।
    प्यूठान जिल्लाका सरुमारानी सहित ऐरावाती–६, स्वर्गद्वारी–२ मा गरि ५१ जना कुसुन्डा जातिको बसोवास रहेकोछ । यससहित नेपालका ८ जिल्लामा रहेका कुसुण्डा जातीको बसोबास रहदै आएको छ ।
    प्यूठान सहित दाङ, सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ र गोर्खा जिल्लामा कुसुन्डा जातिको बसोवास रहेको नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धन बहादुर कुसुन्डाले बताउनुभयो । २०७८ को जनगणना अनुसार २७३ जनसंख्या रहेको छ ।



    mandavionline mandavionline    
  • १९ फाल्गुन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP