झिमरुक गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।
उत्कृष्ट सिकाई उपलब्धिमा आधारित शिक्षा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गर्दै गउँपालिकाले कक्षा ५, ८, १० र १२ कक्षाका बिद्यालय, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुलाई नगद प्रमाणपत्र, सहित खादा र टिकाले सम्मान गरेको हो ।
कक्षा ५ बिद्यालय तर्फ बालज्योती नेरा आवी झिमरुक गाउँपालिका ३ प्रथम, अमर प्रावी झिमरुक गाउँपालिका १ द्धितिय र जनचाहना प्रावी झिमरुक गाउँपालिका १ तृतियलाई क्रमश १ लाख, ७५ हजार र ५० हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।
आधारभुत बिद्यालय तर्फ प्रथम भएको ज्ञानज्योती आधारभुत बिद्यालय झिमरुक गाउँपालिका ८ लाई १ लाख ५० हजार, द्धितिय भएको सिता मावी झिमरुक गाउँपालिका ७ लाई एक लाख रुपैया र तृतिय भिमसेन आधारभुत बिद्यालय झिमरुक गाउँपालिका ४ लाई ५० हजार रुपैया नगद सहित सम्मान गरिएको झिमरुक गाउँपालिकाले जनाएको छ ।

यस्तै कक्षा १० मा प्रथम सर्वाेदय मावी गडेरपानीलाई ३ लाख, द्धितिय लक्ष्मी मावी वांगेमरोटलाई १ लाख ५० हजार र तृतिय प्रभात मावी आहालखोलालाई १ लाख रुपैया पुरस्कार प्रदान गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।
यस्तै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सर्बाेदय मावी झिमरुक गाउँपालिका २ गडेरपानीलाई ३ लाख ५० हजार रुपैया सहित सम्मान गरिएको छ ।

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालीकाले उत्कृष्ट नतिजा ल्याउने बिद्यालय, बिद्यालयका प्रध्यानाध्यापक, बिषय शिक्षक र बिद्यार्थीलाई सम्मान गरेको हो । गाउपालिकाले १८ लाख ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको शिक्षा पुरस्कार रकम हस्तान्तरण गरेको हो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, विभिन्न बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया