प्यूठानमा पनि ११ औं उद्योग दिबश मनाइएको छ । औद्योगिक बातावरणको सुधारः दिगो अर्थतन्त्रको आधार भन्ने नाराका साथ प्यूठानमा पनि उद्योग दिबश मनाईएको हो । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको समन्वयमा दिबश मनाइएको हो ।
दिबशको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खलंगामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जिसीले उद्योग र उद्योगीका समस्या समाधान गरेर अघि बढेमात्रै देश समृद्ध हुने बताउनु भयो । देश समृद्ध हुन अर्थतन्त्र बलियो हुनुपर्छ, अर्थतन्त्र बलियो बनाउन देशमा कलकारखाना, उद्योगधन्दा खोल्नपर्ने बताउनु भयो ।
उद्योगधन्दाको बिकासले रोजगारी शृजना गर्ने भएकाले देशमा उद्योगमैत्री वातावरण शृजना हुन आबश्यक रहेको बताउनु भयो ।
यस्तै बिशेष अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले साना तथा मझौला उद्योगको बिकासले ग्रामिण क्षेत्रसम्म बिकास ल्याउन सकिने बताउनु भयो । स्थानिय तहहरुले बिभिन्न तालिम तथा सिप बिकासका कार्यक्रम सञ्चालन गरेर उद्यमी उत्पादन गर्ने गरेको बताउनु भयो । मल्लरानी गाउँपालिकाले कृषकको उत्पादन बजारीकरणमा सहयोग गरेको बताउदै अध्यक्ष खडकाले किसानको उत्पादन गाउँपालिकाको संकलन केन्द्र मार्फत बिक्रि बितरण गर्ने गरिएको बताउनु भयो ।
जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडका, जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकिय अधिकृत कृष्ण बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले उद्योगमैत्री बातावरण शृजना गर्न तिनै तहका सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया