logo

  • १३ कार्तिक २०८२, बुधबार | Wed, 29 Oct 2025

  •      Listen Radio Live

    इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

    इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

    काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

    आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।



    mandavionline mandavionline    
  • १३ कार्तिक २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP