logo
  • १२ बैशाख २०८२, शुक्रबार | Fri, 25 Apr 2025

  •      Listen Radio Live

    जिल्लाको चौतर्फि विकासको लागि निरन्तर लाग्ने प्रजिअ नेपालको प्रतिवद्धता

    जिल्लाको चौतर्फि विकासको लागि निरन्तर लाग्ने प्रजिअ नेपालको प्रतिवद्धता

    रविन विश्वकर्मा,प्युठान । प्युठानका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जिल्लाको चौतर्फि विकासको लागि निरन्तर लाग्ने बताउनु भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा प्युठान आउनु भएका नेपालले आज जिल्लाका क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको समग्रह विकासको लागि सवैसंग समन्वय तथा सहकार्य गदै अगाढि बढ्ने बताउनुभयो । जिल्लामा शान्ती सुरक्षा, सुशासन कायम गरी सेवा प्रवाहलाई पार्दशी बनाउदै चुस्तदुरुस्त राख्ने प्रतिबद्धता जनाउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयमा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिल्लामा भएका गतिविधि अलपत्र विकास आयोजनाहरु, बाल विवाह, आत्म हत्याको समस्या, बजार अनुगमन, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, यातायात तथा समसामयिक विषयमा देखिएका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

    प्रजिअ नेपालले जिल्लामा रहेका सञ्चार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विधुत, शान्ती सुरक्षा लगायत आफ्ना मातहतका सम्पुर्ण समस्याहरुलाई सुधार गरेर लैजाने बताउनुभयो। समाजमा सुशासन कायम गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । साथै समाजमा सुशासन कायम गर्न सबैको साथ सहयोग आवश्यक हुने भएकाले यसमा पत्रकार लगायत आम प्युठानी जनताको साथ सहयोगको आफूले अपेक्षा गरेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले सुशासन कायम गर्न खबरदारी गदै जिल्लाको विकासका निमित्त आम नागरिकलाई सुसुचित गराउने  बताउनुभयो । यसअघिका सिडियो रमा आचार्य सुवेदीको गृह मन्त्रालयमा सरुवा भए संगै दिपक राज नेपाल जिल्लामा केहि दिन अघि मात्रै नयाँ सिडियो रुपमा आउनु भएको हो ।



    mandavionline mandavionline    
  • ५ बैशाख २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP