logo

  • २२ माघ २०८२, बुधबार | Wed, 04 Feb 2026

  •      Listen Radio Live

    ‘कोसेढुङ्गा’ ४० बढी देशमा एकसाथ रिलिज हुने

    ‘कोसेढुङ्गा’ ४० बढी देशमा एकसाथ रिलिज हुने

    काठमाडाैँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

    सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र कोसेढुङ्गा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने जनाइएको छ ।

    चलचित्रलाई प्याट्रिक सेभेन सिज इन्टरनेसनलले अन्तरराष्ट्रिय बजारमा वितरण गर्दैछ ।

    “हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुँदैछ, थप देशमा प्रदर्शनका लागि वितरकसँग कुरा भइरहेको छ”, निर्देशक पौडेलले भन्नुभयो ।

    नेपाली सिनेमाकै इतिहासमा यो चलचित्र एकै साथ ४० भन्दा बढी देशमा रिलिज हुन लागेको सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले बताउनुभयाे ।



    mandavionline mandavionline    
  • १३ भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP