नेकपा एमाले प्यूठानका तर्फबाट प्रतिनिधी शभा सदश्य पदका उमेदवार सुर्य थापाले आफ्नो निर्वाचन खर्चको बिवरण निर्वाचन कार्यालयमा बुझाउनु भएको छ । थापाले आज निर्वाचन कार्यालयमा बुझाएको खर्च बिवरण अनुसार फागुन २१ गते भएको प्रतिनिधी शभा सदश्यमा उमेदवार हुदा बिभिन्न शिर्षकमा २४ लाख १० हजार ३ सय ८९ रुपैया खर्च भएको छ । २९ दिनसम्म सवारीसाधन प्रयोग गरे वापत सवारी भाडामा २ लाख ९० हजार, इन्धन खर्च ४ लाख ५० हजार ३९० रुपैया, नमुना मतपत्र छपाई ९५ हजार, मनोनयन खर्च १० हजार, वडा र पालिका स्तरमा कार्यक्रम गर्दा ६ लाख ४० हजार, कार्यालय संचालन खर्च १ लाख ३५ हजार, खाना तथा आवास खर्च २ लाख ५५ हजार, प्रेश, प्रचा र पम्पलेट छपाईमा ७५ हजार ४ सय र बिबिध खर्चमा ४ लाख ५९ हजार ६ सय रुपैया खर्च सहितको बिवरण निर्वाचन कार्यालयमा बुझाउनु भएको छ । साथै थापाले नेपाल बैंक प्यूठान शाखा मार्फत निर्वाचनको खर्च गरेको पनि जानकारी दिनुभएको छ ।
यस्तै नेकपा माओबादी प्यूठानका तर्फबाट उमेदवार भएकी सिता बिकले पनि निर्वाचनमा भएको खर्चको बिवरण निर्वाचन कार्यालयमा बुझाएकी छन् । ३ लाख २१ हजार ५८० रुपैया निर्वाचनमा खर्च भएको बिवरण बिकले निर्वाचन कार्यालयमा बुझाएकी हुन् । त्यसबाहेक प्यूठानमा नेपाली काग्रेसका तर्फबाट उमेदवार बनेका डाक्टर गोविन्दराज पोख्रेलले बुधबारनै निर्वाचन कार्यालयमा खर्च बिवरण पेश गरिसकेका छन् । पोख्रेलले २४ लाख ८० हजार २१५ रुपैया खर्च भएको बिवरण कार्यालयमा बुझाएका हुन् ।
बिभिन्न राजनैतिक दलबाट १४ जनाको उमेदवारी परेको प्यूठानका अन्य ११ जना उमेदवारले चुनावी खर्च बिवरण निर्वाचन कार्यालयमा पेश गरेका छैनन । फागुन २१ गते भएको प्रतिनिधी शभा सदश्य निर्वाचनमा प्यूठानबाट रास्वपाका शुसान्त वैदिक बिजयी भएका थिए ।
प्रतिक्रिया