माण्डवी अनलाइन,प्यूठान।
प्यूठानको प्रारम्भीक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाले अग्रता बढाउदै गएको छ ।
६ वटा पालिकाको मत गणना सम्पन्न हुदासम्म रास्वपाका शुसान्त बैदिकले १३ हजार ७३१, नेपाली काग्रेसका डा गोविन्दराज पोख्रेलले ११ हजार ४९३ मत ल्याएका छन् । यस्तै एमालेका सुर्य बहादुर थापा क्षेत्री १० हजार २७५, नेपाली कम्यूनिष्ट पार्टिका कृष्णध्वज खडका ४५९१, राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसी २८५२ मत ल्याएका छन् ।
४५ हजार ८ ९२ मत गणना हुदासम्म काग्रेसका उमेदवार पोख्रेलभन्दा रास्वपाका बैदिक दुई हजार २३८ मतले अघि छन् ।
प्रतिक्रिया