logo

  • २१ माघ २०८२, मंगलवार | Tue, 03 Feb 2026

  •      Listen Radio Live

    प्रतिनिधिसभा निर्वाचन लक्षित प्रा. डा. पोखरेलद्धारा प्यूठानभर घरदैलो अभियान सुरु गर्दे

    प्रतिनिधिसभा निर्वाचन लक्षित प्रा. डा. पोखरेलद्धारा प्यूठानभर घरदैलो अभियान सुरु गर्दे

    प्यूठान । आगामी २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सिलसिलामा प्यूठान जिल्लाबाट नेपाली काँग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोखरेल ले जिल्लाका नौ वटै स्थानीय तहमा माघ २२ गतेदेखि सघन घरदैलो कार्यक्रम सञ्चालन गर्ने हुनुभएको छ ।

    निर्वाचन प्रचार–प्रसार तथा मतदातासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित आयोजना गरिएको यो घरदैलो अभियान माघ २२ गतेदेखि फागुन ११ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। अभियानअन्तर्गत प्रा। डा। पोखरेलले प्यूठान जिल्लाका गाउँ–नगरका विभिन्न वडा, टोल र बस्तीमा पुगेर नागरिकसँग भेटघाट, संवाद तथा विचार आदान–प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

    कार्यक्रमअनुसार माघ २२ गते सुरु भएर सरुमारानी गाउँपालिकाको बिभिन्न वडाहरु हुँदै माण्डवी, प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, ऐरावती गाउँपालिका, नौबहिनी गाउँपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिका गरी जिल्लाका सबै नौ वटै स्थानीय तहहरू घरदैलो कार्यक्रम गरिनेछ। जिल्लाका प्रत्येक स्थानीय तहका ६४ वडामा बिहानदेखि साँझसम्म घरदैलो, टोलभेला तथा स्थानीय अगुवासँग छलफल कार्यक्रम आयोजना गरिने तालिकामा उल्लेख छ।

    घरदैलो कार्यक्रमका क्रममा प्रा. डा. पोखरेलले प्यूठानको समग्र विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिको आधुनिकीकरण तथा सुशासन का विषयमा आफ्ना धारणा राख्दै मतदाताको गुनासो र सुझाव प्रत्यक्ष रूपमा संकलन गर्ने बताइएको छ।



    mandavionline mandavionline    
  • २१ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP