logo

  • २८ आश्विन २०८२, मंगलवार | Tue, 14 Oct 2025

  •      Listen Radio Live

    विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

    विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

    काठमाडौ। आइसिसी ट्वान्टी२०-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० लाई हराउँदै विजयी भएको छ ।

    ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ(१ मा आइतबार भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो ।

    नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।

     

    युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक(एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए ।

    युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक(एक विकेट लिए ।

    नेपालले दोस्रो खेल भोलि कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८स्४५ बजे हुनेछ । रासस



    mandavionline mandavionline    
  • २६ आश्विन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP