logo

  • ९ फाल्गुन २०८२, शनिबार | Sat, 21 Feb 2026

  •      Listen Radio Live

    डा.पोखरेलको स्पष्ट सन्देश: असम्भव आश्वासन होइन, परिणाम दिने प्रतिबद्धता

    डा.पोखरेलको स्पष्ट सन्देश: असम्भव आश्वासन होइन, परिणाम दिने प्रतिबद्धता

    प्यूठानबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्नुभएका प्रा.डा. गोबिन्दराज पोखरेलले आफूले असम्भव वाचा नगर्ने तर जितेपछि जनताले गाली नगर्ने गरी परिणाममुखी काम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    प्यूठानका बिभिन्न गाउँपालिकाका वडाका वडाबासीहरुसंगको प्रत्यक्ष भेटघाट कार्यक्रममा उहाँले विकासका एजेण्डालाई प्राथमिकतामा राख्दै प्यूठानी जनतालाई विश्वासमा लिन निरन्तर संवाद गरिरहनुभको डा. पोखरेलले जानकारी दिनुभयो ।

    आइतबार गौमुखी गाउँपालिका–१, २, ३ का रजबारा र अर्खा क्षेत्रमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उहाँले स्थानीय समस्या, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा मतदातासँग समसामयिक छलफल गर्नुभएको थियो

    त्यसैगरी चुनाबि अभियानकै क्रममा यस अघि नौबहिनी गाउँपालिका वडा नं. १ को स्याउलीबाङमा मतदाताहरूसँग अन्तरक्रिया गर्दै उहाँले विकासका योजना कागजमा होइन, व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने धारणा राख्नुभयो। नौबहिनी गाउँपालिकाकै खबाङ, लप्लुङ, फोप्ली, मैरामारे, लुङ, बहाने र सहिला लगायतका क्षेत्रमा पनि उहाँले घरदैलो कार्यक्रममार्फत जनताको सुझाव संकलन गर्नुभएको छ।

    अघिल्लो हप्ता प्यूठान जिल्लाको सरुमारानी गाउँपालिकाका सबै वडामा, स्वर्गद्वारी नगरपालिकाका सबै वडामा तथा माण्डवी गाउँपालिकाका सबै वडामा समेत उहाँको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ। डा. पोखरेलले ऐरावती क्षेत्रमा समेत उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाउने बताउनुभएको छ।

    प्रा.डा. पोखरेलले “राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो” भन्दै आफूले प्यूठानको समग्र विकासका लागि यथार्थपरक योजना र दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्ने स्पष्ट पार्नुभयो।

    शुसासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर चुनाबि अभियानमा लागेको नेपाली काँग्रेस प्यूठान जिल्ला सभापनि बिष्णुकुमार गिरीले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • ४ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP