logo

  • १० कार्तिक २०८२, आईतवार | Sun, 26 Oct 2025

  •      Listen Radio Live

    जलवायु परिवर्तनको सजाय मुस्ताङले भोग्दैछ : अध्यक्ष लालचन

    जलवायु परिवर्तनको सजाय मुस्ताङले भोग्दैछ : अध्यक्ष लालचन

    काठमाडौँ । हिमालपारिका जिल्लामा हिउँ नपर्दा भूबनोट कमजोर हुँदै गएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले हिमालपारिका जिल्लामा हिउँ नपर्दा भूबनाेट कमजोर हुँदै गएको बताउनुहुन्छ ।

    उहाँले जलवायु परिवर्तनका कारण मुस्ताङमा दुई वर्षदेखि राम्रोसँग हिउँ पर्न नसकेको गुनासो गर्नुभयो ।

    हिउँ नपर्दा माटोभित्रको हिउँ पग्लेर भूबनोट कमजोर बन्दै गएकाले जति बेला पनि पहिरो जाने खतरा बढेको उहाँ भन्नुहुन्छ, “हिमालमा जङ्गल हुँदैन । हिउँ नपर्दा जमिनभित्रको हिउँ पग्लिन्छ । भूबनोट कमजोर बन्दै जान्छ र जति बेला पनि पहिरो जाने खतरा बढ्छ ।”

    गाउँपालिका अध्यक्ष लालचनले जलवायु परिवर्तनमा मुस्ताङले नगरेको गल्तीको सजाय भोगिरहेको धारणा व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार मौसममा हिउँ पर्दा स्याउ खेतीका लागि फलदायी हुन्छ तर हिउँ नपर्दा स्याउ फल्ने ठाउँमा पनि स्याउ फल्न छोडेका छन् । यस्तै अवस्था भयो भने पर्यटकको सङ्ख्या पनि घट्दै जाने उहाँको तर्क छ ।

    उहाँ भन्नुहुन्छ, “ जलवायु परिवर्तनले गर्दा कुहिरोले हिमाल छेकेर राम्रोसँग हेर्न पाइदैँन,  हिउँ पर्दैन भनेर पर्यटक घुम्न आउँदा त्यो बेलामा धेरै हिउँ पर्छ । यस्तै अवस्था भयो भने पर्यटक घुम्न कुन समयमा आउने दोधारमा पर्छन् ।”

    डिजेलका गाडी, उद्योग कलकारखाना, फ्याक्टीबाट निस्क्ने प्रदूषण, जथाभावी प्लास्टिक जलाउनाले यसको असर हिमाली जिल्लामा देखिएको उहाँको तर्क छ ।

    स्थानीय सरकारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दबाब दिने उद्देश्यले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनका कारण मुस्ताङले भोगेको असरका बारेमा सम्मेलन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष लालचन जानकारी दिनुभयो ।

    ७५३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा सम्मेलन गरी सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनका बारेमा प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । गोरखापत्रबाट साभार



    mandavionline mandavionline    
  • २५ भाद्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP