प्यूठान। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता प्रा.डा. गोबिन्दराज पोखरेलले जनतालाई झुटा र असम्भव आश्वासन नदिने स्पष्ट पार्नुभएको छ। उहाँले “जे बोल्छु, त्यो गर्छु” भन्ने प्रतिबद्धतासहित निर्वाचित भएपछिका पाँच वर्षमा परिणाम देखिने काम गरेर देखाउने अठोट व्यक्त गर्नुभएको हो।