logo

  • ७ फाल्गुन २०८२, बिहीबार | Thu, 19 Feb 2026

  •      Listen Radio Live

    प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग खुल्ला प्रश्नोत्तर हुने

    प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग खुल्ला प्रश्नोत्तर हुने

    काठमाडौँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने हुनुभएको हो ।

    बिहिबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा(तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने हुनुभएको छ । सभापति थापाले ठूलो एलइडि स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले बुधबार मधेशको राजधानी जनकपुरबाट सार्वजनीक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खु्ला प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।” प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

    कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ ।
    कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ । प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्नहरू गर्न र जिज्ञाशा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो ।



    mandavionline mandavionline    
  • ६ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP