भालुवांग–बाग्दुला, भिमगिठे सडक क्षेत्रका जग्गा धनीने मुआब्जा नपाउने

माण्डवी अनलाइन
माण्डवी अनलाइन ३१ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

शम्सेर बिक्रम जि.सी (झिमरुक)
भालुवांग बाग्दुला भिमगिठे सडक र मदन भण्डारी सडक क्षेत्रमा पर्ने जग्गाको मुआव्जाको बिषयमा आज प्यूठानमा छलफल सम्पन्न भएको छ । झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा लुम्वीनी प्रदेश शभा सदश्य निमा गिरी, प्यूठान नगरपालिका र गौमुखी गाउँपालिकाका प्रमुखका बिचमा सयुक्त बैठक सम्पन्न भएको छ ।
छलफलमा भालुवांग, बाग्दुला भिमगिठे सडक क्षेत्र अन्र्तगत पर्ने प्यूठान नगरपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाको भुभागभित्रको जग्गाको मुआब्जाका बिषयमा छलफल गरिएको हो । सडकको दायाँ वायाँ ११ मिटर सडक क्षेत्रले ओगट्ने सडकको मुआब्जा उपलब्ध नगाईने बिषयमा छलफल भएको हो । अब सडक निर्माणका क्रममा कुनै ब्यक्तिको जग्गा उक्त क्षेत्रमा परे जग्गाधनीले मुआब्जा पाउने छैनन ।

यस्तै सडक बिस्तारको क्रममा पर्ने घर टहराहरुको बिषयमा भने मुआब्जा नेपाल सरकारसंग माग गर्ने निर्णय भएको लुम्वीनी प्रदेश शभा सदश्य निमा गिरीले जानकारी दिनुभयो ।
यस्तै मदन भण्डारी सडकखण्ड अन्र्तगत सडकको ११ मिटर क्षेत्रमा पर्ने जग्गाको पनि मुआब्जा बिना जग्गा उपलब्ध गराउने बिषयमा जग्गाधनीसंग छलफल गरिने भएको छ ।

 

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्